२०१९ मा कुन कुन बलिउड स्टारले गर्दैछन् विवाह ?

लाेकपाटी न्यूज

मुम्बई, १६ पुस । २०१८ को आज अन्तिम दिन यस वर्ष बलिउडमा पनि धेरै सम्बन्ध जाेडिने/टुट्ने भएका छन् । धेरैले विवाह गरेर घरजम गरेका छन् जसमध्ये रणवीर सिंह- दीपिका पादुकाेणदेखी प्रियंका चोपडा- निक जोनस रहेका छन् ।२०१९ पनि केही जोडीहरु विवाहको तयारीमा छन् । बलिउडका कुनकुन नयाँ जोडी यस वर्ष विवाह बन्धनमा बाँधिन्छन् त ?

अर्जुन कपुर – मलाइका अरोरा

३३ वर्षिय बलिउड स्टार अर्जुन कपुर अहिले १० वर्ष जेठी मलाइका अरोरासँगको प्रम सम्बन्धमा छन् । आजभाेलि यिनीहरुको प्रेम सम्बन्ध सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । प्राय: हरेक कार्यक्रममा दुवै सँगसँगै देखिन्छन् । अरबाज खानसँग सम्बन्ध बिच्छेद भएपछि उनी एक्लै बनेकी हुन् भने अब उनी अर्जुनसँग विवाह गर्ने पक्षमा छिन् । अर्जुन पनि मलाइकासँग विवाह गर्न तयार छन् ।

वरुण धवन- नताशा दलाल

अर्का बलिउड स्टार वरुण धवन र नताशा दलालको प्रेम सम्बन्ध नयाँ होइन । उनीहरु धेरै बर्षदेखि सम्बन्धमा रहेको कुरा पटक-पटक भारतिय सञ्चार माध्यममा आउने गरेको छ । पछिल्ला दिहरुमा उनीहरु सँगै छुट्टी मनाउन विदेश जाने गरेका थिए । यस्तै उनी कहिले डिनर त कहिले कफी डेटमा देखिन्थे । वरुणले आफु नताशासँग प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका छन् । सञ्चार माध्यमका अनुसार दुबै जना अर्को वर्ष विवाह गर्ने तयारीमा छन् । दुबैका परिवारले पनि उनको  सम्बन्धलाई स्वीकारेका छन् । हेर्न बाकी नै छ २०१९ मा यिनीहरु विवाह गर्छन या गर्दैनन् ।

रणबीर कपुर- आलिया भट

अहिले बलिउड रणबीर कपुर र आलिया भटको सम्बन्धले तताएको छ । यिनीहरु बलिउडका स्पेसल जोडीका रुपमा रहेका छन् । रणबीर र आलीयाको सम्बन्धको चर्चा हरेक दिन देख्न पाइन्छ । दुबैले एक अर्कालाई डेट गरेको स्वीकारेका छन् । क्याट्रीना क्याफ, दीपिका पादुकाेण पछि रणबीर अब आलियासँगको प्रेम सम्बन्धमा छन् । यसपाली भने उनी आफ्नो प्रेम सम्बन्धलाई विवाहको नाम दिन तयार भएका छन् । दुबैका परिवारले यो सम्बन्धलाई स्वीकार गरेपनि  यिनीहरु विवाह कहिले गर्छन यो हेर्न बाँकि नै छ ।

सुष्मिता सेन- रोहमन शोल

सुष्मिता सेन पनि आजभोली आफ्ना २७ वर्षिय प्रेमी रोहमन शोलसँग प्रेम सम्बन्धमा रहेको खबर चर्चामा आउने गरेको देखिन्छ । यिनीहरुले पहिले आफु प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका थिएनन् । तर अब दुबै खुलेर सामाजिक सञ्जालमा आउने गरेका छन् । दुबैले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेर आफ्नो सम्बन्ध स्वीकार गरेका छन् । सुष्मिता अब घरजम गर्ने पक्षमा देखिएकी छिन् । सुष्मिता र रोहमन अर्को वर्ष विवाह बन्धनमा बाँधिने कुरा बाहिर आएको छ ।

रिचा चड्डा- अली फजल

बलिउड नायिका रिचा चड्डा प्रेमी अली फजलसँग पछिल्ला केहि दिनदेखि प्रेम सम्बन्धमा छिन् । अहिले यो कुराले धेरै चर्चा पाउन थालेको छ । रिचा पछिल्लो केहि समयदेखि अलीसँग डेट गरिरहेकी छिन् । दुबैले एकैसाथ फुकरे र फुकरे रिटन्स्मा सँगै काम गरेका छन् । सामाजिक सञ्जालमा दुबैका कैयाैँ तस्बिरहरु देखिन्छन् । यिनीहरुले आफु प्रेमे सम्बन्ध रहेको स्वीकार गरेका छन् । यस जाडीको पनि २०१९मा विवाह गर्ने सम्भावना देखिन्छ ।

राजकुमार- पत्रलेखा

आफ्नो अभिनयका माध्यमबाट सबैको मन जितेका राजकुमार बषौँदेखि पत्रलेखासँग प्रेम सम्बन्धमा छन् । दुबैले एकैसाथ फिल्म सिटीलाइटमा काम गरेका छन् । यो फिल्म पछि दुबै प्रेम सम्बन्धमा थिए । दुबैले लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका छन् । आफ्नो सम्बन्धलाई यिनीहरुले २०१९ मा विवाहमा परिणत गर्ने खबर भारतीय सञ्चार माध्यममा आइरहेको छ ।

फरहान अख्तर- शिबानी दांडेकर

फरहान र शिबानीको सम्बन्धलाई लिएर पनि भारतिय सञ्चार माध्यम खुब चार्चमा आएका छन् । दुबै जनाले आफ्नो सम्बन्ध सञ्चार माध्यम मार्फत अफिशियल गरिसकेका छन् । २ बच्चाका बुबा फरहान अख्तर र शिबानी दांडेकरको विवाह पनि अर्को वर्षको लिस्मा थपिएको छ । २०१९ मा  फरहान र शिबानीसँगै देखिन्छन् या देखिदैनन्  हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्