काठमाडौं, २८ असोज। लोकसेवा आयोगले प्राविधिक तथा अप्राविधिक गरी सहसचिव र उपसचिवहरुको विज्ञापन खुलाएको छ। आयोगले १८५ सहसचिव र ४७३ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो।
आफ्नो पूर्वनिर्धारित कार्यातालिका अनुसार आयोगले बुधबार विभिन्न सेवा तथा समूह (उपसमूह)का सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरेको हो।
आयोगले निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवातर्फ विज्ञापन गरेको हो। विज्ञापनमा तोकिएअनुसार योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन्।







लोकपाटी न्यूज
