शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश दिने

Hydro nirman company
लाेकपाटी न्यूज

काठमाडौँ, ९ पुस । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत अर्थात् १ अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु. १ अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने रु. २१ करोड ५२ हजार ६ सय ३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । तर सो प्रस्तावलाई यही पुस ३० गते आयोजना गरिएको सातौँ वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

यस्तै कम्पनीले चुक्ता पूँजीको एक बराबर एकको दरले हकप्रद शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ । हाल कम्पनीको कूल चुक्ता पूँजी रु. १० अर्ब रहेको छ । त्यसमा ८० प्रतिशत सरकारी स्वामित्वका संस्थाको रहेको छ भने २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

कम्पनीले हालसम्म विभिन्न १४ आयोजनामा रु. ८ अर्ब माथि लगानी गरेको छ । हकप्रद शेयर बिक्री पछि कम्पनीको पूँजी बढेर रु २२ अर्ब पुग्नेछ । अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले पाँच प्रतिशतका दरले नगद लाभांश दिँदै आएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्