– सन्तोष पनेरु
हो, कमरेड प्रचण्डले वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीलाई साक्षी राखेर अब माडीलाई माडी मात्रै होइन मणि बनाउनु पर्छ, कमरेड ओली र म त्यसका लागि प्रतिवद्ध छौं भन्नुभएको हो। विकास रातारात हुने कुरा होइन, तमाम कठिनाईका बीचमा पनि माडीले विकास र समृद्धिको दिशामा सकरात्मक फड्को मार्दै छ। आर्थिक विकासका जोनहरु, शैक्षिक विकासका लागि प्राबिधिक कार्यक्रम र संरचनाहरु, पूर्वाधार अन्तर्गत सडक र पुलहरु बन्दै छन्।
अध्यक्ष प्रचण्डकै पहलकदमीमा यो ३ वर्षमा माडीमा मात्रै झण्डै सवा अर्ब रुपैयाँ पैसा र योजना भित्रिएका छन्। सकरात्मक कुराको प्रचार र स्वामित्व लिन कोही डराउनु र कञ्जुसाई गर्नु पर्दैन्। माडी नगरपालिकाका मेयर ठाकुर ढकाल सहितको कार्यपालिका लगातार माडीको विकासका लागि फिल्डमा जबरजस्त कुदिरहेको छ। प्रधानमन्त्रि स्वयंको माडीमा ध्यानाकर्षण छ। प्रदेश सरकारले कृषि र पर्यटनका लागि करोडौं लगानी गरिराखेको छ। सोमेश्वर गढी, पाचपाण्डव र बैकुण्ठेका ठूला योजना बनेका छन्। मदन बाटीका,एकता स्तम्भ, सहिद पार्क र दिवाकर बाटीकाले स्वरुप बदल्दै छन्। कान्तिपुरमा नमूना चक्लाबन्दी खेति सुरु भएको छ। सुधारिएको भकारो, उन्नत र व्यवसायिक पशुपालन, अर्गानिक र ठूला कृषि फर्मका लागि प्रदेश र नगरले अनुदान सुरु गरेका छन्।
मुल सडक नालासहित पिच हुँदैछ। ९ वटै वडाका (बादरझुल्ला बाहेक) सबै टोल जोड्ने सहायक बाटो स्तरन्नोति भएका छन् क्रमश ठूला सडक पिच हुँदैछन्। बिजुली पनि सबै तिर पुगिसकेको छ। सासंद रामलाल महत्तो पहलमा विभिन्न वडामा करोडौंका खाने पानी योजना बन्दैछन्। सामाजिक विकास मन्त्रालयले कभर्डहल र चौरहरु बनाउदैछ।
माडीमा जग्गा किन्नेको संख्या बढेको छ।एच् ए (HA) मात्रै भेटिने बघौडा पि एच् सी (PHC) अहिले ४/५ जना डाक्टरसहित अपरेसन गर्ने जिल्ला स्तरको बघौडा अस्पताल बनिसकेको छ। CS गर्न गर्भवतिलाई भरतपुर दुकुराउनु पर्दैन। माडी क्याम्पसले मास्टर्स पढाउछँ, स्कूलहरुमा साईन्स प्लस टु सुरु भएको छ। दिवाकर प्राबिधिक शिक्षालयले कार्यक्रम थप गर्दैछ, ठूला-ठूला स्कूलहरु मर्ज भैरहेका छन् शिक्षा क्षेत्र देखिने गरी सकारात्कम रुपमा बद्लीदै गैइहेको छ।
निजि क्षेत्र उत्साहित छ, एकपछि अर्को बैकं र बित्तिय संस्था थपिदैछन्। कृषि, सांस्कृतिक पर्यटन र भौतिक पूर्वाधार विकासमा माडी मणी नै बन्ने यात्रामा छ। बाह्य चक्रपथ, कृषि सडक र रिउ करिडोरका बहुवर्षीय बजेट परेका छन्। अध्यक्ष प्रचण्डकै अध्यक्षतामा विनियोजन हुने गरी ३०० घरका खरका छाना जस्तामा बदल्ने योजना सुरु भएको छ। जनता आवास र चेपाङ सुकुम्बासीलाई घर बनाइदिन सुरु भएको छ। ५० घर कान्तिपुरका गन्धर्वहरुका लागि नमूना रुपमा बन्दै छ।
अपेक्षित राष्ट्रिय निकुञ्जको समस्या बाँकी छ, यद्धपि ऐन संसोधन र वैकल्पिक बिधिबाट निकुञ्ज भित्रको सडकको स्तरविकासको योजना बढेको छ। यसमा भने नेतृत्वलाई घचघचाई राख्नु पर्छ। राम्रो पनि देखौं, थप राम्रोको लागि दवाब दिउँ, निरपेक्ष आलोचक नबनौं। निर्माण कार्यमा दायाँ बायाँ भएन भने आगामी २ वर्षमा निर्माणाधिन ९ वटा खोलाका पुल सम्पन्न हुँदैछन। मुल सडक भएर बनकट्टा बगै यात्रा गर्दा सवै माडीबासीले पानी छुनु पर्ने छैन। के यो विकास होइन ?
हो, यी करोडौका योजना के आकासबाट झरेका हुन् या आफै उम्रेका ? के प्रचण्ड बाहेको अर्को नेता भएको भए यो सबै संम्भव थियो ? बिलकुल थिएन, यसकारण कमरेड प्रचण्डको नेतृत्वमा क.गंगा बेलबासे, क. रामलाल महत्तो र मेयर ठाकुर ढकाल सहितको माडी नगरका जनप्रतिनिधिहरुकै पहल योजना र अगुवाईमा माडी मणि बन्ने दिशामा अगाडि बढेको छ।



लोकपाटी न्यूज

