जापानमा रहेका नेपालीले स्वदेश आउन जुन ३० भित्र फर्म भरिसक्नु पर्ने

japan Tokiyo
लोकपाटी न्यूज

काठमाडौं, १२ असार। जापानमा रहेका नेपालीले स्वदेश फर्कनु परे जुन ३० भित्र फर्म भरिसक्नु पर्ने भएको छ।
जापानस्थित नेपाली दुतावासले स्वदेश फर्कनु पर्ने अवस्थाका नेपालीले जुन ३० तारिखभित्र फर्म भरिसक्नुपर्ने समयसिमा तोकेको हो।

दुतावासले शुक्रबार निकालेको विज्ञप्तीमा फर्म भर्न छुटेकालाई त्यस्तो सूचना जारी गरिएको हो। यसअघि जुन २० र जुन २५ तारिखमा जापानबाट नेपालीको उद्धार गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्