काठमाडौं, १२ असार। नायिका एलिजा गौतमले म्युजिक भिडियोमा अभियन गर्ने भएकी छिन्। गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारीको स्वर रहने गीतको म्युजिक भिडियोमा नायिका गौतमले अभिनय गर्ने भएकी हुन्।
एलिजासँगै गीतमा मोडल दुर्गेश थापाको पनि अभिनय रहने छ। उक्त गीतमा चर्चित सर्जक खेम सेञ्चुरीले संगीत भरेको गीतलाई शुभारम्भ डिजिटलले बजारमा ल्याउने छ। म्युजिक भिडियोको निर्देशन भने शिव बिकले गर्नेछन्।



लोकपाटी न्यूज

