काठमाडौं, ३ असार। गायक समुन्द्र खतिवडाको स्वरमा रेकर्ड भएको गीत ‘अधुरो प्रेम कहानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा नवराज बस्नेतको संगीत निर्देशन छ भने शब्दहरु रमन सुवेदीले रचना गरेका हुन्।
उक्त गीतमा रीठेश रोयको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा नेपालका पहिलो अन्तर्राष्ट्रिय नेपाली मोटो ब्लगर भनेर चिनिने यल्ला ब्रोदर्सको सम्पादन तथा छायांकन रहेको छ। माया, प्रेम र बिछोडका विषयलाई म्युजिक भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
रमन सुवेदीको निर्देशनमा बनेको ‘अधुरो प्रेम कहानी’ को भिडियोमा सुभाष घिमिरे, रिचेल तथा सोराया थापाको अभिनय रहेको छ। फिलिपीन्सकी रिचेलले पहिलो पटक नेपाली म्युजिक भिडियोमार्फत् आफ्नो अभिनय कला प्रस्तुत गरेकी हुन्।



लोकपाटी न्यूज

