नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

sachibalaya
लोकपाटी न्यूज

काठमाडौं, १७ जेठ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बाल्वाटारमा जारी छ। जारी सचिवालय बैठकमा एमसिसीबारे छलफल भएको छ।

नेकपाका केही सचिवालय सदस्य संसदबाट पारित हुन बाँकी रहेको र विवादित बनेको एमसिसी बजेटमा समावेश गरेको भन्दै रूष्ट छन्।यसअघि नेकपाले सचिवालय सदस्य झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू रावल र ज्ञवाली सम्मिलित एमसिसी अध्ययन कार्यदल बनाएको थियो।

एक सचिवालय सदस्यका अनुसार बैठकमा एमसिसी कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल हुँनेछ भने बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन्। सरकारले संसदको यो अधिवेशनमा एमसिसी पारित गर्ने तयारी गरेको छ।