‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएका हुन्’

kamal_rasid
लोकपाटी न्यूज

एजेन्सी। बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको थाहा पाउँदा आफूलाई अनौठो लागेको बताएका छन्। नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको समेत बताए।

उनले भारत धेरै साना राज्यमा विभाजित रहेको र बेलायतीहरुले ती सबैलाई एकजुट गराएर एकीकृत भारत बनाएको पनि बताए। उनले समाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो लेखेका हुन्।

नेपाली प्रयोगकर्ता कमालको प्रसंशा गरिरहदाँ भारतीय प्रयोगकर्ता भने कोही कमालको पक्षमा छन् त कसैले गलत लेखेको भन्दै विरोध गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्