काठमाडौं। अभिनेत्री मनिषा कोइराला नेपालको नयाँ नक्साको समर्थन गर्दा विवादमा परेकी छिन्। उनी एक ट्वीटका कारण विवादमा तानिएकी हुन्। नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध प्रश्न उठाएका छन्। मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।
मन्त्री ज्ञवालीले ’लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय।’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी यस्तो लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’ लगत्तै उक्त ट्वीटमा मिश्रित प्रतिक्रियाहरु देखिन थाले। नेपाली ट्वीटर प्रयोगकर्ता मनिषा र पक्षमा र भारतीय विपक्षमा। भारतीय टिभी च्यानल एबीपी न्यूजले त उनको ट्वीटलाई नै लिएर समाचार बनायो। जसमा लेखियो -भारतको नुन खाएर चीनको गीत गाउने ? यस विषयमा मनिषाले कुनै किसिमक प्रतिक्रिया जनाएकी छैनन्।
भारतले गत नोभेम्बरमा कालापानी क्षेत्र समेटेर नक्सा जारी गरेको थियो। त्यस समयदेखि विवाद सिर्जना भएको थियो। कोरोना भाइरस संक्रमणको महामारीबीच भारतले लिपुलेकमा आफ्नो सडक उद्घाटन गरेपछि विवाद झनै चर्कियो। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय। आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏 https://t.co/A60BZNjgyK
— Manisha Koirala (@mkoirala) May 18, 2020



लोकपाटी न्यूज

