५ र १० रुपैयाँको नोट छाप्दै चीनिया कम्पनी

लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चीनिया कम्पनीले पाएको छ। नेपाल राष्ट्र बैंकले उत्त दरका नोट छाप्न चीनिया कम्पनीलाई दिएको हो । नेपाल राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेकोमा त्यसको टेण्डर चीनिया कम्पनीले हात पारेको हो । यो जिम्मेवारी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको छ।

उक्त कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ। १० रुपैयाँ दरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा खरिद सम्झौता भएको छ । त्यस्तै मुद्रा व्यवस्थापन विभागले ५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा खरिद सम्झौता भएको बताएको छ।