लोकपाटी न्यूज

काठमाडौं, १६ चैत। बिनाकारण सडकमा निस्किनेहरुलाई भेटिएकै ठाउँमा नेपाल प्रहरीले दुई घण्टा उभ्याउने भएको छ। प्रहरीले ‘लकडाउन’ उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गर्दै यस्तो निर्णय लिएको हो । आइतबारबाट ‘लकडाउन’को अवज्ञा गर्नेलाई सडकमै २ घण्टा उभ्याएर ‘लकडाउन’बारे जानकारी दिएर छाड्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

आज बिहानै उपत्यकाको तीनवटै जिल्लाबाट लकडाउन उल्लङ्घन गर्ने १ हजार ४७ जनालाई २ घण्टा सडकमै राखेर कक्षा लिएर छाडिएको छ। सरकारले कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ। जसको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो।

यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्