गोरखाबाट विप्लवका सेक्रेटरीसहित दुई जना पक्राउ

jail
लोकपाटी न्यूज

काठमाडौं । प्रतिवन्धित पाटी नेत्रविक्रम चन्द विप्लव समूहका गोरखा जिल्लाबाट सेक्रेटरीसहित दुई जना पक्राउ परेका छन् । समूहको राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद प्याड, संकलित चन्दा नगद ३२ हजार, मोबाइल तीन थान र सिमकार्ड बरामद गरी अनुसन्धान भइरहेको गोरखा प्रहरी जनाएको छ।

दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केही समयदेखि गोरखामा विप्लव समूहको जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली दिनेश र गण्डकी गाउँपालिका ४ ढावे स्थायी घर भई सो समूहका जिल्ला सदस्य तथा गण्डकी गाउँपालिका इञ्चार्जको जिम्मेवारी सम्हालेका कृष्ण पन्तलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

शहीद लखन गाउँपालिका ६ घैरुङमा जनयुद्ध दिवस मनाएर फर्कदै गरेको अवस्थामा शुक्रबार पृथ्वी राजमार्गको मुग्लिन आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लामो समयदेखि खोजीको सूचीमा रहेका उनीहरूलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्