विश्वका कुन भूभागमा कस्तो हावापानी पाइन्छ ?

लोकपाटी न्यूज

काठमाडौं । संसारका विभिन्न भागमा विभिन्न किसिमका जलवायु पाइन्छन् । हावापानीमा प्रभाव पार्ने प्रमुख तत्व अक्षाशं हो । हापानी गतिशील हुन्छ । यो सधै एक ठाउँमा स्थिर भएर रहदैन । जव हावा धरातलको एक ठाउँबाट अर्को ठाउँमा बहन्छ, त्यसलाई वायु भनिन्छ । हावा बहँदा यसको वेग तथा दिशा, ठाउँ र समय अनुरुप फरक हुन्छ ।

भूमध्यरेखीय हावापानी

भूमध्यरेखाको दुबैपट्टी ५ डिग्री अक्षाशभित्रका भूभागमा पाइने जलवायुलाई भूमध्यरेखीय हावापानी भनिन्छ । दिनैभरी गर्मी हुने र अपरान्हमा भारी वर्षा हुने यो क्षेत्रमा पाम, साल, खयर र केरा जस्ता वनस्पति पाइन्छ । यस क्षेत्रको जलवायुको क्षेत्रमा औषत तपक्रम ४२ डिग्री हुन्छ भने औषत वर्षा २०० से.मी. हुन्छ । अमेजन वेसीको विस्तृत भूभागमा पाइने भएकाले यस प्रकारको हावापानीलाई अमेजन प्रकारको हावापानी भनिन्छ। यो जलवायुमा पाइने मुख्य क्षेत्रहरु अमेजन, कंगोवेसी, मलेसीयाको दक्षिणी भूभाग , इन्डोनेसियाको जाभा, सुमात्रा आदि टापुहरुमा पाइन्छ । यो जलवायुलाई ज्यत ध्भत ऋष्mिभतभ पनि भनिन्छ ।

उष्ण मरुस्थलीय जलवायु

भूमध्यरेखाको २० डिग्रीदेखि ३० डिग्री अक्षाशंको भित्र महाद्विपको पश्चिमी भागमा पाइने जलवायु हो । यसमा दैनिक जसो आँधी चल्ने गर्दछ । यस खालको जलवायु क्षेत्रमा पर्ने स्थानहरु उत्तरी गोलाध्दको सहारा,अरेबिया,पर्सिया,थार, कोलोरोडे र दक्षिण गोलाध्दको कलाहारी, आटाकामा, र पश्चिमी अष्ट्रेलिया आदि ।यस क्षेत्रमा सिउँडी मरुद्यान, यातायातको साधन ऊँट र फिरन्ते जातिको फिरन्ते जातिको बसोबास रहेको पाइन्छ । उष्ण मरुस्थलीय जलवायुलाई सहार प्रकारको हावापानी पनि भनिन्छ । हावापानी अर्धोष्ण उच्च चापपेटी यहाँ समुद्रबाट बहने बाफिलो वायुको प्रभाव पर्दैन । र वर्षा थोरै अर्थात वर्षात्मा १२ से.मी. मात्र हुन्छ । यस क्षेत्रका हावापानीमा तापक्रम ग्रीष्मको दिनमा औषत ४० डिग्री से. र रातमा १० डिग्री से. तथा हिउँदमा दिउँसो १२ डिग्री से. र रातीमा ०डिग्री से. हुन्छ ।

उष्ण मनसुनी जलवायु

महाद्विपको दक्षिण पूर्वी भागमा ५०देखि ३०० अक्षाशं भित्र पाइने जलवायु हो । सबैभन्दा बढि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षण भएको । यस खालको जलवायुलाई संसारको चिडियाखाना भनिन्छ । यसमा केन्या, तान्जानिया र नाइजेरियाका मसाई हाउसा जातिहरु बस्ने गर्दछन् । उष्णमनसुनी खालको जलवायुमा पाइने मुख्य क्षेत्रहरुमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, म्यानमार भुटान, थाइल्याण्ड,भेतनाम दक्षिण चिन, मलेसिया लगायतका दक्षिण पूर्वी एसियाको देशहरु , दक्षिण पूर्वी अफ्रिका, भेनेजुयला, मध्य अमेरिका र पश्चिम द्विप यसमा अफ्रिकाको सभाना र अष्ट्रेलियाको डाउन्सा जस्ता घाासे मैदान हुन्। धेरै वर्षा ग्रीष्ममा हुने भएकाले यो जलवायुलाई ग्रीष्मेझरी भनिएको हो। यस खालको जलवायुमा ग्रीष्ममा३२० र हिउँदमा १५० र औषतमा ५० देखि २००से.मी. हुने गर्दछ ।

भूसागरीय हावापानी

उत्तरी गोलाध्दमा ३०डिग्रीदेखि ४५ डिग्री अक्षाशं भित्र र दक्षिणी गोलाद्घमा ३० देखि ४० डिग्री अक्षाशं भित्र महाद्विपको पश्चिमी भागमा पाइने जलवायुलाई भूमध्यसागरीय हावापानी भनिन्छ । युरोपको दक्षिणी , अष्ट्रेलियाको दक्षिणी क्षेत्र अमेरिकाको क्यालिफोर्निया आदि क्षेत्रमा पाइने । यस खालको वायुमा ग्रीष्म ऋतुमा स्थल सतहबाट सुख्खा पाणिज्य वायु वहने हुदाँ वर्षा वर्षा नहुने र हिउँदमा समुद्री सतहबाट वाफिलो पश्चिमी वायु बढ्दा वर्षा हुन्छ । चिल्ला पात भएका जरा लामा हुने र बोक्रा बाक्ला भएका वनस्पति पाइन्छ। सुन्तला र अङ्गुरको मात्रा बढि र फलफूलको भण्डार भनिन्छ । यस वायुलाई हिउँदे झरी पनि भनिन्छ । किनकी अधिकाशं वर्षा हिउँदे ऋतुमा हुने गर्दछ । यस खालको वायुमा औषत तापक्रम ग्रीष्ममा २७ डिग्री र हिउँदमा १० डिग्री हुन्छ भने वर्षा ४० से.मी.देखि ८० सेमी हुन्छ ।

समशितोष्ण तृष्णभूमि जलवायु

उत्तर गोलाद्घमा ४५ डिग्री देखि ६० डिग्री अक्षाशं भित्र र दक्षिण गोलाध्दमा ३० डिग्री ४० डिग्री अक्षाशं भित्र महाद्विपको पश्चिमी भागमा पाइने जलवायुलाइृ समशितोष्ण तिष्णभूमि जलवायु भनिन्छ । यस क्षेत्रमा औषत तापक्रम ग्रीष्ममा २० डिग्री र हिउँदमा ० डिग्री सेल्सियस भन्दा कम हुनछ भने वर्षा औषत ४० सेमी देखि ७५ सेमीसम्म हुन्छ । सबैभन्दा बढि घासेमैदान भएको जलवायु पनि भनिन्छ । अमेरिकाको प्रेरिज युरोपको स्टेज र अर्जेन्टिनाको पम्पाज पाइन्छ । पशुपालन रआधुनिक खेतिमा जस्तै मकै गहुँ,आलु जस्ता बाली भएका कारण संसारको अन्नको भण्डार भनेर पनि चिनिन्छ । विश्वको ठूलो औधोगिक र व्यवसायिक शहरहरु यसै क्षेत्रमा पर्दछन्।

टुण्ट्रा वा ध्रुवीय जलवायु

७० डिग्री देखि ९०डिग्री अक्षाशंभित्र धुबको आसपासमा पाइने जलवायुलाई टुण्ड्रा वाध्रुवीय जलवायु भनिन्छ । टुण्ड्रा वा ध्रुवीय जलवायु क्षेत्रमा ग्रीष्ममा १० डिग्री सेल्सियससम्म तापक्रम हुन्छ भने वर्षा औषत २०० सेमी सम्म हुन्छ । यो हावापानीलाई ऋयमि मभकभचत पनि भनिन्छ । उत्तरी ध्रुव वा ध्रुवीय हावापानीको क्षेत्रमा बसोबास गर्ने जातिलाई इन्युट भनिन्छ भने भूमध्यरेखिय वा उष्ण प्रादेशीक हावापानीमा बस्ने जातिलाई रेड इन्डियन र पिग्मिज भनिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्