काठमाडौं । अभिरवंशी प्रथम राजा वर सिहं हुन्। नेपालको पहिलो मुलूकी ऐन राजा सुरेन्द्रको पालामा जारी भएको थियो। नेपालको पहिलो जनमत संग्रह राजा विरेन्द्रको पालामा २०३७ सालमा भएको थियो। नेपालको इतिहासमा अचेत अवस्थामा नै राजा घोषणा गरिएका राजा दिपेन्द्र विक्रम शाह हुन्। विगतका घटनाको व्याख्या, विश्लेषण, एवं वर्णन इतिहास हो।
श्री ५ विरेन्द्रको निधन २०५८ जेठमा भएको थियो। दिपेन्द्र ५४ घण्टा ३० मिनेट राजा भएका थिए। आफ्नो पनातीको राज्यारोहण हुने बेलासम्म जिवित रहने राजा राजेन्द्र विक्रम शाह हुन। औलो पर्वलाई राजाले घटाएको पर्व भनेर चिनिन्छ। रण बहादुर शाहलाई जय प्रकाश मल्लको अवतार मानिन्छ। बासट्ठिहरणको घटना रण बहादुर शाहको पालामा घटेको थियो। नेपालको इतिहासमा बुलेट महाराज भनेर श्री ५ त्रैलोक्यलाई चिनिन्छ। पृथ्वीनारायण शाहका पिता नरभूपल शाह र माता कौशल्यावति थिए। पृथ्वी नारायण शाहको मित बुबा रणजित मल्ल र मित आमा जय लक्ष्मी थिए।
नुवाकोटको विजयपछि छाला काढेर मारिने व्यक्ति जयन्त मल्ल हुन्। नुवाकनेट कान्तिपुरबाट शासित थियो र त्यहाँका प्रमुख प्रशासक र सेना प्रमुख जयन्त राना थिए। ऊ बाच्न लायक छ, जो मर्नदेखि डराउदैन भन्ने भनाई राजा महेन्द्रको हो। भिमशेन थापाले नेपाललाई ३९ जिल्लामा विभाजन गरेका थिए। नेपालमा राहादानीको सुरुवात गर्ने भिमशेन थापा हुन्। विजय अभियानको स्वर्ण युग भनेर बहादुर शाहको नायवी काललाई भनिन्थ्यो। प्रथम विश्व युद्धका बेला नेपालका राजा त्रिभुवन शाह थिए। त्रिभुवन शाहको व्यायाम प्रशिक्षक धर्मभक्त माथेमा थिए।
शाह वंशीय राजाहरुमा सबैभन्दा कम उमेरमा राजा हुने राजा गिर्वाण युद्द विक्रम शाह हुन्। शाह उपाधि धारण गर्ने प्रथम राजा कुलमण्डन खान हुन्। वि.सं. १९७० मा चन्द्र शमसेरको पालामा उपत्यकामा टेलिफोनको सुरुवात भएको हो। त्रिचन्द्र कलेजको स्थापना वि.सं. १९७५ मा चन्द्र समशेरको पालामा भएको थियो। युरोप भ्रमण गर्ने प्रथम प्रधानमन्त्री ज्गबहादुर राणा हुन्। वि. सं. १९०६ मा १ वर्ष लगाएर राणाले युरोप भ्रमण गरेका हुन्। राणा उपाधि धारण गर्ने पहिलो व्यक्ति जंग बहादुर राणा हुन्। सि क्लासका राणालाई उपत्यकाबाट निश्काशन जुद्ध शमसेरले गरेका थिए।
देव शमसेरलाई सुशधारवादी र उदारवादी प्रधानमन्त्री भनेर चिनिन्छ। रुन्चे प्रधानमन्त्री भनेर पद्म शमसेरलाई चिनिन्छ। चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री भीम शमसेर हुन्। शुक्रबार आधा र शनिबार बिदा दिने चलन भीम शमसेरले चलाएका हुन्। अन्तिम राणा प्रधानमन्त्री मोहन शमसेर हुन्। आकाशवाणीको स्थापना र राष्टिय आर्थिक समितिको गठन मोहन शमसेरले गरेका थिए। पञ्चाङ्गको प्रकाशन रणोद्दीप सिंहको पालामा वि. सं १९४१ मा भएको हो। तेजारत अड्डाको स्थापना रणोद्दीप सिंहले गरेका हुन्।
विर अस्पतालको निर्माण विर शमसेरले वि.सं. १९४७ मा गराएका हुन्। धिर शमशेरका १७ छोरा मध्ये सबै भन्दा जेठा छोरा विर शमसेर हुन् । दरबार हाइस्कुलको स्थापना विर शमसेरले गरेका हुन्। किरातँ वंशको शासन कालमा नेपालको प्रशासनिक ढाँचाको निमार्ण भएको मानिन्छ। किरातँहरु हाङ वंशका थिए। नेपाल उपत्यकामा अभिर वंशपछि किरातँ वंशले शासन गरेको थियो। नेपालको पहिलो वैज्ञानिक गेहेन्द्र शमसेर राणा हुन्। गेहेन्द्र शमसेर राणा प्रधानमन्त्री विरसमसेरका छोरा थिए। जय पृथ्वीबहादुर सिंहले अक्षराङ्क शिक्षा नामक प्रथम नेपाली भाषाको किताव तयार पारेका थिए।
जय पृथ्वी बहादुर सिंहको अक्षराङ्क शिक्षामाथि वि.सं. १९६४ मा प्रतिबन्ध लगाइएको थियो। वि. सं. १९६४ मा उनका ससुरा चन्द्र शमसेरले अक्षराङ्का शिक्षामाथि प्रतिबन्ध लगाएका थिए।गोपाल राज वंशावली संस्कृत भाषामा छ। नेपालको सबैभन्दा पुरानो वंशावली गोपाल राज वंशावली हो। नेपालका इतिहास सिरोमणि भन्नाले बाबुराम आचार्यलाई चिनिन्छ। नेपालको संक्षिप्त वृतान्त बाबुराम आर्चायको कृति हो। अभय मल्ल अरिदेव मल्लका छोरा हुन्। भूकम्पमा परि निधन हुने राजा अभय मल्ल हुन्।
भगवतिसँग पासा खेल्ने मल्ल राजा जगज्योति मल्ल थिए। जगज्याति मल्लपछि भादगाउँमा नरेन्द्र मल्ल राजा भएका थिए।जगतप्रकाश मल्ल भादगाउँका राजा थिए। आफूलाई गन्धर्व जगतगुरु भनि लेख्ने राजा जगतप्रकाश मल्ल हुन्। इन्द्र जात्रामा कुमारीको रथ तान्ने वा घुमाउने चलन जयप्रकाशमल्ले चलाएका हुन्। बालाजुको २२ धारामध्य २१ धारा निर्माण गर्ने मल्ल राजा जयप्रकाश मल्ल हुन्। जयस्थिति मल्ल कर्नाट वंशका थिए। राजल्लदेवीसँग जयस्थिति मल्लको विवाह भएको थियो। रानी पोखरीको निमार्ण प्रताप मल्लले गरेका हुन्। रानी पोखरीको निर्माण वि.सं. १७२७ मा गरेका थिए।
प्रताप मल्ल्का रुपमति लालमति र राजमति गरी तीन ओटा रानीहरु थिए। भक्त्तपुर दरबार अगाडिको शालिक भूपतिन्द्र मल्लको हो। भक्त्तपुरको ५५ झ्याले मन्दिर भूपतिन्द्र मल्लले बनाएका हुन्। मध्यकाल भन्नाले वि.सं. ९३६ देखि १८२५ सम्मको करिव ९०० वर्षको समय अवधिलाई चिनिन्छ। मध्यकाल भन्ने वित्तिकै मल्लकालको रुपमा अध्यन गरेपनि यस समयमा कर्णाली क्षेत्रमा खस मल्लवंशी,पाल्पामा सेन वंशी, गोरखामा शाहवंशी राजाहरुको पनि शासन थियो। नेपालको इतिहासमा मल्लकाललाई कला र संस्कृतिको दृष्टिकोणले स्वर्ण युग भनिन्छ। महेन्द्र मल्ल कान्तिपुरका राजा थिए। उनले चलाएको चाँदीको मुद्रालाई महेन्द्र मल्ली भनिन्छ।



लोकपाटी न्यूज

