प्रमुख जिल्ला अधिकारीको हेरफेर

Home-Ministry
लोकपाटी न्यूज

काठमाडौं । सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओको हेरफेर गरेको छ । गृहमन्त्रालयले १६ जिल्लाका सिडिओको हेरफेर गरेको हो । मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा गरेको हो ।  । बढुवा भएका सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

सहसचिवस्तरका सरुवा हुनेहरुमा इलाम को लागि तुलसीराम सेढाईंलाई  तोकिएको छ। बाग्लुङको लागि गौंगोचन सैँजूलाई छानिएको छ । त्यस्तै गरी गोरखाका लागि सुरेन्द्र पौडेललाई गृहमन्त्रालयले पदभार सुम्पेको छ । मन्त्रालयले कञ्चनपुरमा नुरहरि खतिवडा सिडियो खटाएको छ । पाल्पाका लागि यादव सुवेदीलाई पठाएको छ ।

पर्सामा विष्णुकुमार कार्कीलाई खटाइएको छ । सिन्धुपाल्चोकमा उमेश ढकाल जाने भएका छन् । सुर्खेतको लागि रमेश न्यौपाने जाने भएका छन्। नवलपरासी पूर्वका लागि सरकारले पीताम्बर घिमिरेलाई पठाएको छ ।

त्यस्तै गरी रामेछापमा रुद्रादेवी शर्मा , खोटाङमा शालिकराम शर्मा पौडेल, सल्यानमा शिवराम पौडेल, डडेल्धुरामा जगनाथ पन्त, काभ्रेमा, श्रवणकुमार तिमल्सिनालाई तोकिएको छ । उपसचिवस्तरका कर्मचारीलाई मुगुमा कृष्णकुमार निरौला र भोजपुरमा वसन्त गिरीलाई तोकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्