काठमाडौं । सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओको हेरफेर गरेको छ । गृहमन्त्रालयले १६ जिल्लाका सिडिओको हेरफेर गरेको हो । मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा गरेको हो । । बढुवा भएका सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।
सहसचिवस्तरका सरुवा हुनेहरुमा इलाम को लागि तुलसीराम सेढाईंलाई तोकिएको छ। बाग्लुङको लागि गौंगोचन सैँजूलाई छानिएको छ । त्यस्तै गरी गोरखाका लागि सुरेन्द्र पौडेललाई गृहमन्त्रालयले पदभार सुम्पेको छ । मन्त्रालयले कञ्चनपुरमा नुरहरि खतिवडा सिडियो खटाएको छ । पाल्पाका लागि यादव सुवेदीलाई पठाएको छ ।
पर्सामा विष्णुकुमार कार्कीलाई खटाइएको छ । सिन्धुपाल्चोकमा उमेश ढकाल जाने भएका छन् । सुर्खेतको लागि रमेश न्यौपाने जाने भएका छन्। नवलपरासी पूर्वका लागि सरकारले पीताम्बर घिमिरेलाई पठाएको छ ।
त्यस्तै गरी रामेछापमा रुद्रादेवी शर्मा , खोटाङमा शालिकराम शर्मा पौडेल, सल्यानमा शिवराम पौडेल, डडेल्धुरामा जगनाथ पन्त, काभ्रेमा, श्रवणकुमार तिमल्सिनालाई तोकिएको छ । उपसचिवस्तरका कर्मचारीलाई मुगुमा कृष्णकुमार निरौला र भोजपुरमा वसन्त गिरीलाई तोकेको छ ।



लोकपाटी न्यूज

