कहाँ बस्ने कुन जातिको कस्तो संस्कार छ ?

loksewa logo
लोकपाटी न्यूज

काठमाडौं । पहाडी क्षेत्रमा छ लोपोन्मुख जातिको बसोबास रहेको छ । मेचे जातिलाई वोडे जाति भनिन्छ । मेचे जातिका मानिसहरु झापा र मोरङमा बसोबास गर्दछन् । सिउडीको बोटलाई कुलदेवताको रुपमा पुजा गर्ने जाति मेचे हो । राउटे जाति दाङ र सुर्खेतमा बस्ने गरेको पाइन्छ । नेपालको आदिवासी चरित्रको सबैभन्दा पुरानो जाति राउटे हो । यो जाति दुई महिना भित्र दुई महिना बाहिर बस्ने गर्दछन् । राउटे जातिले मान्छे मरेपछि बासस्थान छोड्ने गर्दछन्।

मान्छेको मृत्युपश्चात बादर मार्ने जालोमा हालेर गाड्छन्। पहिला यिनीहरु पैशा छोए पाप लाग्छ भन्ने मान्ने मान्यता राख्थे भने अहिले नेपाल सरकारको भत्ता लिने गरेका छन् । म’शलको पानी मात्र खाने गर्दछन्। कुसुण्डा जाति दैलेख र जाजरकोटमा बसोबास गर्दछन् । राजी जातिको बासस्थानको नामले चिनिने जिल्ला दाङ हो । लेप्चा समुदायका मानिस इलाममा बस्ने गरेको पाइन्छ ।

आदिवासी जनजाति अन्र्तगतको हायु समुदाय रामेछापमा बसोबास गर्ने जाति हो । सुरेल जातिको लागि प्रसिद्ध जिल्ला दोलखा हो । किसान जाति झापा र मोरङमा पाइन्छन् । बनकरीया मकवानपुरमा बसोवास गर्ने जाति हो । बनकरिया छ महिना भित्र छ महिना बाहिर बस्ने जाति हो । कुशमाडिया जाति बाँकेमा बस्छन् । उन्नत किसिमको आदिवासी जनजाति अन्र्तगत दुई जाति रहेका छन् । उन्नत जातिमा नेवार र थकाली जाति पर्दछन् । नेवार जातिको मुल बासस्थान काठमाडौं हो । थकाली समुदायको बसोबास स्थान मुस्ताङ हो ।

लोपउन्मुख जातिमा दश जाति पर्दछन् । लोपोन्मुख जाति भन्नाले सख्यात्मक रुपमा पनि कम र आर्थिक अवस्था पनि कमजोर भएको जातिलाई बुझाउछ । राज्यले विशेष संरक्षण गर्न नसकेको खण्डमा विस्थापित हुन सक्ने जाति लोपोन्मुख जाति हुन् । हिमाली जिल्लामा लोपोन्मुख जातिको बसोबास छैन ।
५९ आदीवासी जनजाती रहेका छन् । सुविधा बञ्चित १५ जाति रहेका छन् । भित्रि मदेशमा २ र तराईमा २ छन् लोपोन्मुख जातिको बसोबास रहेको छ । अति सिमान्तकृतमा १२ जाति पर्दछन् । सिमान्तकृतमा २० जाति पर्दछन् । चण्डी पूजा राई जातिको पर्व हो । राई जातिको विवाहमा दुलाहाको साथ कालो छाता अनिवार्य मानिन्छ । मुसहरको कुल देवतालाई दिनाभद्री भनिन्छ । मुस्लिम महिलाहरुले शिरदेखि पाउसम्म छोप्ने गरी लगाउने कपडालाई बुर्का भनिन्छ ।

मगरको पुरोहितलाई भुसाल भनिन्छ । मगरहरुको बसोबास रहेको क्षेत्रलाई मगरमत भनिन्छ । भोटे जातिहरुको बसोबास रहेको क्षेत्रलाई जडान भनिन्छ । बाँतर जातीहरुको बसोबास गर्ने क्षेत्रलाई डिहिवार भनिन्छ । केटी भगाए पछि केटीको बाबुआमासाग माफी माग्ने चलान बाह्र गाउँले जातिमा रहेको छ । बाह्र गाउाले जातिको बसोबास मुस्ताङमा रहेको छ । कुल देवताको रुपमा वायु देवतालाई पूजा गर्ने जाति बराम हो । बराम जातिले बोल्ने भाषालाई बराम भाषा भनिन्छ ।

केटीको अपहरण गरेर विवाह गर्ने चलन पुनेल जातिमा रहेको छ । पहरी जातिको बसोबास रहेको जिल्ला काभ्रेपलाञ्चोक रहेको छ । पहर िजातिले भटमास र अदुवालाई पवित्र मान्दछन् । नेवार महिलाले टाउकोमा लगाउने सुनको गहनालाई बुलिन भनिन्छ । नेवार जातिले गोसाइँकुण्डलाई शिलुतिर्थ भन्दछन्। नेवार भाषाको लिपिलाई रञ्जना लिपि भनिन्छ । मधेशको लिम्बु,किराँत भनेर चिनिने जाति धिमाल हो । सुपारी विवाहको चलन धिमाल जातिमा छ ।

विवाहपुर्व केटाकेटीको उचाई लौरोले नापी बराबर भएमा विवाहको लागि सर्वोत्तम ठान्ने जाति धानुक हो । धाुकको बसोबास तराई क्षेत्रमा रहेको छ । धान खेति गर्न रुचाउने जाति धानुक जाति हो । पाठीको वलि दिएर भंगेरा पूजा गर्ने जाति दुरा हो । नयाँ वर्षको दिन पुरानो आगो निभाई नयाँ आगो बाल्लने चलन दराई जातिमा रहेको छ । चुड्का दराई जातिको लोकप्रिय गीत हो ।

दनुवार जातिको इष्टदेवतालाई सहलेस भनिन्छ । थारुहरु बसोबास गर्ने क्षेत्रलाई थारुवान भनिन्छ । दाङ जिल्लामा बसोबास गर्ने थारुलाई डगौरा थारु भनिन्छ । तीन गाउाले जातिको बसोबास मुस्ताङको तीन गाउा स्याङ,चिमाङ र थिनिमा रहेको छ । भेटेसेलो तामाङ जातिसँग सम्बन्धित छ । मृत्यु संस्कार गर्दा १ सय ८ बत्ति बाल्ने चलन तामाङ जातिमा रहेको छ । तामाङ जातिको मृत्यु संस्कारमा १ सय ८ बत्ति बाल्ने कार्यलाइृ ग्याम्जा भनिन्छ । ताप्केगोला जातिको बसोबास ताप्लेजुङमा रहेको छ ।

मरेको लास काटेर गिद्धलाई दिने चलन डोल्पो जातिमा रहेको छ । डोल्पो जातिमा बहुपति विवाहको प्रथा रहेको छ । घण्टी बजाउदा उत्तानो पारेर बजनउने जाति डोल्पो हो । प्जन जाति भननाले चेपाङ जातिलाई चिनिन्छ । केटी माग्न जादाँ मंगलबार पनरेर जाने चलन चेपाङ जातिमा रहेको छ । विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन चेपाङ जातिमा रहेको छ । पुटपुटे नाच गुरुण् जातिसँग सम्बन्धित छ । गुरुङ भाषामा बनेको पहिलो टेलिचलचित्र पाते हो । गुरुङको मुख्य मान्छेलाई चिवा भनिन्छ । जातिमा रहेको छ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्