काठमाडौं, १५ माघ। काठमाडौंमा बंगलादेशी नागरिक मोहिद्दिन अहमदको ज्यान गएको छ। सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको शव भेटिएको हो। ४५ वर्षीय अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।
अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ। महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको बताए।
एक साताअघि उनको शव भेटिए पनि बुधबार मात्र सार्वजनिक भएको हो। घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए। उनीसँगै होटलमा बसेका एक जना फरार रहेका छन् ।



लोकपाटी न्यूज