काठमाडौं, ८ मंसिर । राजधानीको बानेश्वरस्थित गैरीगाउँमा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार गैरीगाउँको सुकुम्बासी टोलमा ग्याङ फाइट हुँदा बिक्की मगरको मृत्यु भएको हो । अर्को समूहको खुकुरी प्रहारबाट उनको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो।
त्यस्तै घटनामा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते अनिल श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बिचमा खुकुरी हानाहान भएको हो ।
ड्रग्सको विषयमा विवाद आएपछि घटना घटेको बताइएको छ ।



लाेकपाटी न्यूज