कस्तो हुनुपर्छ समाजवादी विश्वविद्यालय ?

student-graduation-hat-with-diploma-eps10-vector
शिक्षामा नयाँ कार्यक्रम ल्याइनुपर्छ र त्यो समय, देश तथा देशको भावना सुहाउँदो हुनुपर्छ। प्राथमिक तहमा विद्यार्थीहरु ज्यादै बौद्धिक र उपयोगी बनेर विश्वविद्यालय छाड्ने हुनुपर्छ।
लाेकपाटी न्यूज

राम्रो तयारीले कृषिमा जस्तै सबै क्षेत्रमा समय बचाउँछ। निराशा र जोखिम कम गर्छ। राम्रो औषधी रोग लाग्न नदिन हो, उपचार गर्न होइन। राम्रो औषधी स्वस्थ रहनका लागि हो। भीरबाट लड्नु, हड्डी भाँच्नु, स्वास्थ्य गुमाउनुभन्दा भीरबाट लड्न जोगिनु राम्रो हो।

विद्यालयहरुले पुराना भूगोल, उत्तर नखोज्ने प्रश्न र त्यस्तै प्रकारका धेरै पुराना कुराहरु सिकाइरहेका छन्। त्यसको सट्टामा स्वास्थ्यसम्बन्धी पाठ्यक्रम हुनुपर्छ। स्वस्थ रहने सल्लाह, व्यावहारिक सुझाव, मानव शरीर, यसका अङ्ग, तिनीहरुको सम्बन्ध, शक्ति सञ्चय र निर्देशन पाठ्यक्रममा समावेश हुनुपर्छ।

शिक्षा सरल र स्पष्ट ज्ञान दिने हुनुपर्छ। घोकन्ते हुनु हुँदैन। आवश्यकता विद्यार्थीको सिक्ने इच्छाको होइन, त्यस्ता शिक्षकको हो, जसले कम्तीमा विज्ञानमा त्यति नै शिक्षा देओस्, जुन नभए मानिसले नयाँ संसारमा केही गर्न सक्तैन। त्यस्तो काम त्यति झन्झटिलो छैन।

शिशाकलमले नक्सामा भएको प्रमाण दिए वा हाम्रा विश्वविद्यालय वा क्याम्पसहरुमा पढ्न वाध्य पारिएका उपयोगिताविहीन र गलत इतिहास चिरफार गर्न पुग्छ। पृथ्वी, प्रकृति र यसको मिश्रण, बालीनाली, पृथ्वीमा उत्पादित वस्तुहरुको औद्योगिक प्रयोग, त्यसमा आवश्यक पर्ने र विकासमा सहयोग पुर्याउने प्राकृतिक र वैज्ञानिक तत्त्वबारे सरल तरिकाले व्यवहारिक प्रस्तुतिसहित प्राथमिक तहमा सिकाइनुपर्ने कुरा हुन्।

प्राथमिक विद्यालयहरु आफैंले मानिसलाई चिन्ताग्रस्त र उपयोगीताहीन पार्ने बासी र सडेका कार्यक्रम ठूलो मात्रामा कटौती गर्नुपर्छ। प्राथमिक शिक्षा वैज्ञानिक पारौँ। हामी यही झण्डा फहराऊँ, कहिल्यै झुक्न नदिऊँ। नयाँ संसारका लागि नयाँ विद्यालय आवश्यक छ। शिक्षामा निहित साहित्यिक भावको ठाउँमा वैज्ञानिक भावले स्थापित गर्नु आवश्यक छ।

शिक्षामा नयाँ कार्यक्रम ल्याइनुपर्छ र त्यो समय, देश तथा देशको भावना सुहाउँदो हुनुपर्छ। प्राथमिक तहमा विद्यार्थीहरु ज्यादै बौद्धिक र उपयोगी बनेर विश्वविद्यालय छाड्ने हुनुपर्छ। आजको मानिसको विश्वविद्यालय अझ पनि दाँते वा भर्जिनको पालाको अल्पामटर (प्राचीन विद्यालय) झैँ छ।

त्यतिखेर उनीहरुले आफ्ना विद्यार्थीलाई चित्रकला, पत्रलेखन, धर्म र कानुनजस्ता विषय सिकाउँथे। आजको मानिसले पाउने शिक्षा पनि त्योभन्दा भिन्न, सम्पन्न र रोजगारमुखी छैन। मानिसले कोट फेरेझैँ प्राचीन विश्वविद्यालय फेरेर नयाँ विश्वविद्यालय बनाउनु जरुरी छ।

अगस्ट, १८८३

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्