नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

Nekapa_sachibalaya
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा सभामुखको उम्मेदवार बारे छलफल हुनेछ। आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ।

त्यसअघि सभामुखको चयन गर्नका लागि सत्तारुढ दलको सचिवालय बैठक बोलाइएको हो। नेकपाले कसलाई सभामुख बनाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन। बैठकले सभामुखका लागि नाम टुंगो लगाउने सम्भावना रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखका लागि आआफ्नै नाम अघि सारेका कारण नेकपाभित्र सभामुखको नाममा लामो समयदेखि अनिर्णीत रहँदै आएको छ।