काठमाडौं, २१ पुस। फुडमाण्डु प्रा. लि.को Online Food Festival 2020 मा एनआईसी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ। यस अन्तर्गत इलष्लिभ Online Food Festival 2020 मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी QR मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउन सक्नेछन्।
यो अफर पुस २१, २०७६ देखि पुस २७, २०७६ सम्म लागू हुनेछ। उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले फुडमाण्डुबाट आफूलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्। बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
करिव २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिव ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।



लाेकपाटी न्यूज

