नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

देउवा निवास बूढानिलकण्ठमा आज बिहान ९ बजे दुई नेताबीच भेटवार्ता भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए।

दाहाल र देउवाबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।

स्रोतका अनुसार भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्वको विषयमा समेत उनीहरुबीच छलफल भएको छ।