२०२० को पहिलो शुक्रबारः सिनेमा हलमा ६ फिल्म

Bhagra_Paale
लाेकपाटी न्यूज

मुम्बई। बलिउड पनि अन्धविश्वासको मारमा छ। वर्षको पहिलो शुक्रबार रिलिज हुने फिल्म असफल हुन्छ भन्ने मान्यता निर्माताको छ। त्यसैले निर्माताहरू ठूलो बजेटका फिल्म यो दिन प्रदर्शनमा ल्याउँदैनन्।

साना बजेटको फिल्मका निर्माता भने यो डेटमा भए पनि फिल्म रिलिज गर्न बाध्य हुन्छन्। २०२० को पहिलो शुक्रबार आधा दर्जन फिल्म रिलिज भएका छन्। यिनमा ठूलो बजेटका फिल्म छैनन्। पहिले नै रिलिज भएका गुड न्युज र दबंग-३ अझै पनि सिनेमाघरमा चलिरहेका छन्।

यो शुक्रबार शुभ कुशल मंगल, भांगडा पाले, सिमला मिर्ची, एसिड, इङ्लिस कि टाँयटाँय फिस्स र अन्तरव्यथा रिलिज हुँदैछन्। सिमला मिर्चीमा राजकुमार राव, रकुलप्रित सिंह र हेमा मालिनीले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्