काठमाडौं, ८ पुस । पुस १० गते बिहीबार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दैछ। बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहेने छ।
बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजाले जानकारी दिए। उक्त ग्रहणको अवधि २ घण्टा ४९ मिनेटसम्म रहने छ। ६ वटा ग्रहहरु एकै स्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिएको छ। यो एकदमै दुर्लभ खगोलिय धटना हो।
जोतिष रिजालका अनुसार मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ। विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कर्कट, वृष, मेष, मीन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउनु पर्ने देखिएको छ। ग्रहण हेर्न नहुने वताइएको छ। कन्या, मिथुन, कुम्भ तथा मकर राशि हुनेहरुका लागि भने विशेष फाइदा रहन छ।
पुस ९ गते राति ८ बजेर ४२ मिनेटबाट नै बालक, बृद्ध तथा रोगी बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ। यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ। सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडि देखि नै सुरु हुने गर्छ। यो ग्रहण विशेष गरी भारतको नाम र राशिमा लाग्ने हुँदा भारतमा यसको प्रभाव उच्च रहने छ। विशिष्ठ व्यक्तिको मृत्युसमेत हुने छ ।
रिजालका अनुसार यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक-फरक तरिकाले पर्दछ। यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ। विशेष गरी पूर्वि तथा दक्षिणी देशहरुमा यसको प्रभाव उच्च रहने छ। ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्व नै हो यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने छ। राजनीति, व्यापार विदेश मुद्रा, सुन चाँदिको मूल्यमा वृद्धि, विशिष्ट व्यक्तिको मृत्युु हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछिसम्म रहने छ।
पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ। यसको प्रभाव पन्द्र दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करिव १५ दिन रहने छ। तर लागेपछिको समयभने तेत्ती खतरा नहुने तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने ज्योतिषीको सुझाव छ। यो खण्डग्रास सूर्य ग्रहण हो। ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो।
यसको गणना ईसाको चार हजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ। ऋग वेदमा भनिएको छ अत्री ऋषीका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो महर्षि अत्रीमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ। वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।
भौतिक विज्ञानले पनि स्विकारेको छ एन्टि रेडिएसनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एक दमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए। यसको स्रोत भनेको राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो। त्यस कारण हरेक औशी तथा पूर्णिमामा ग्रहण नलाग्नुको कारण नै राहुर केतुले गर्दा हो।
वैज्ञानिक तथा खगोल विद्का लागि यस्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका साथ हेरिने गरिन्छ। एक पटक लागेको ग्रहण पुनः दोहोरिन मानिसले धेरै लामो समय करिव दुई दशक पछिमात्रै ठिक यही समयमा यस्तै प्रकृतिको ग्रहण लाग्र्दछ। लामो समय कुर्नु पर्ने भएकाले पनि विशेष महत्त्वका साथ हेरिने गरिन्छ। पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ। धुम्ने क्रममा सूर्यको परिक्रमा गरिरहेको छ। त्यस्तै सूर्यले पनि आफ्नो अरविटमा पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ। चन्द्रमा आफ्नै अरविटमा पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ।
परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्य भागमा आँउर्दछ या एउटै लाईनमा (कन्जम्सम) पर्दछ यस्तो अवस्थामा न्यूमुन अमावस्य भनिन्छ। यस्तो अवस्थामा चन्द्रमाका कारणसूर्यको प्रकाश पृथ्वीमा आँउन पाँउदैन र पृथ्वीको जुन–जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो।
यसको ठिक विपरित चन्द्रमा अपोजिट साईटमा गएको अवस्था रेखिय अवस्था हो। पृथ्वीको विपरीततर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अवस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आँउछ। यदि यस्तो अवस्थामा राहु यो केतु ग्रहमध्य कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ। ग्रहण कालमा कुनै नदि तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने विधान रहेको छ। साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ। दान तथा मन्त्रहरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ।



लाेकपाटी न्यूज

