राष्ट्रियसभा निर्वाचनका लागि आयोगमा ११ दल दर्ता

nirbachan-aayog
लाेकपाटी न्यूज

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसहित ११ दल दर्ता भएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिएका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) इतिहासिक प्रजातान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) दल दर्ता भएका छन्।

निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रिय सभा निर्वाचनका लागि पुन दल दर्ता गर्न मंसिर २७ गते सूचना जारी गरेको थियो। राष्ट्रियसभाकाा एक तिहाइ सदस्यका लागि हरेक दुई वर्षमा निर्वाचन हुने संवैधानिक व्यवस्थाअनुसार १८ जना सदस्य चयन गर्न माघ ९ गते निर्वाचन हुँदैछ।

राष्ट्रियसभा सदस्य चयन गर्न स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभा सांसदले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्