काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आइतबार दिउँसो सुरु भएको उक्त बैठक सोमबार ११ बजे बस्नेगरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ पृष्ठको राजनीतिक प्रतिवेदन र महासिचव विष्णु पौडेलले विधान संशोधन पेश गरेका छन्। एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकले आइतबार पाँचवटा कार्यसूची पारित गर्दै ती विषयमा निरन्तर छलफल गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर राजनीतिक प्रतिवेदन पेस गर्ने, नेपाल-भारत सीमाबारे छलफल गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, विधान संशोधन गर्ने र विविध गरी पाँचवटा कार्यसूची पारित गरेको हो।
बैठकमा सरकारका गतिविधिबारे सामान्य कुराकानी भएको थियो। अध्यक्ष दाहालका तर्फबाट पाँच कार्यसूची आएपछि बैठकमा कुनै केन्द्रीय सदस्यहरुले धारणा राख्न पाएनन्। अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पेश गरेका प्रतिवेशन र संशोधनमाथि सोमबार मात्रै छलफल हुने प्रवक्ता श्रेष्ठले जानकरी दिए।



लाेकपाटी न्यूज

