हुम्ला, २६ मंसिर । हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन। दुर्घटनामा थप दुई जना घाइते भएका छन्। हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा ५ खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमूख राजेन्द्रबहदुर सिहंले जनाकारी दिए।



लाेकपाटी न्यूज
