एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन आफ्नो आगामी फिल्मका कारण यतिबेला चर्चामा छन् । अभिषेक अहिले फिल्मको कथा पढिरहेका छन् । केही समयअघि उनी फिल्म ‘मनमर्जियां’मा देखिएका थिए । उक्त फिल्मले औसत व्यापार गरेको थियो ।
गएको दिनमा अभिषेकले अनुराग कश्यपको एक फिल्मको शूटिङ शुरु गरे । जसको शूटिङ कोलकत्तामा भएको थियो । शूटिङको क्रममा अभिषेकको तस्बिर भाइरल भएको थियो । तर, अहिले सोही फिल्मसँग जोडिएर एक खबर बाहिर आएको छ । फिल्ममा अभिषेकसँग कुनै पनि हिरोइन थिएनन् ।
रिपोर्टका अनुसार फिल्ममा अभिषेकको भूमिका यस्तो छ कि जहाँ उनलाई हिरोइन नै चाहिँदैन । फिल्मको कहानी अभिषेकको भूमिकाबाट शुरु हुन्छ । अभिषेकको भूमिकामा कुनै रोमान्स छैन । त्यसैले त अभिषेकको अपोजिटमा कुनै अभिनेत्री छैनन् ।
यस फिल्ममा अभिषेकबाहेक फातिमा सना शेख, राजकुमार राव र आदित्य कपूर देखिनेछन् ।



लाेकपाटी न्यूज

