व्याजदरलाई समस्या देखाएर नबस्नुस् : अर्थमन्त्री खतिवडा

Yubraj Khatiwoda
लाेकपाटी न्यूज

काठमाडौं, ६ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले जलविद्युत् क्षेत्रका उद्यमीहरुलाई बैंकको ब्याजदरलार्ई मात्र समस्या देखाएर नबस्न सुझाव दिएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले गरेको ‘पावर समिट २०१९’ को आज समापन गर्दै मन्त्री खतिवडाले जलविद्युत्का लागि बैंकको ब्याजदर तोकिएको र सोहीअनुसार नै कायम हुने बताएका हुन्।

अरु समस्या भए राख्न आग्रह गर्दै उनले सरकारको उद्देश्य उत्पादन र बिक्री दुबै महत्वपूर्ण रहेकाले यसतर्फ पनि ध्यान दिन उद्यमीहरुलाई सुझाव दिए। ‘डुइङ बिजनेस रिपोर्ट’मा पनि सुधार आएकाले नेपालमा लगानीको वातावरण सहज बन्दै गएको पुष्टि भएको मन्त्री खतिवडाको दाबी छ।

नेपालमा विद्युत् प्रसारण लाइनका लागि सहजकर्ताका रुपमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पनि भएकाले नेपालबाट विद्युत् व्यापारका लागि अझै सहयोग पुग्ने मन्त्री खतिवडाले उल्लेख गरे।