धादिङ, १ मंसिर। धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट गाडी पल्टिएको छ। बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आज बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलेका छन्।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट सडक छेउमा पल्टिएको थियो।अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए। पल्टिएको गाडी उठाउन काठमाडौंबाट प्राविधिक बोलाएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।



लाेकपाटी न्यूज
