एजेन्सी। जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ। जापानी सञ्चार माध्यमहरुका अनुसार केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन्।
महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका समाचारहरु सार्वजनिक भएसँगै यसबारे नयाँ बहस सुरु भएको छ । यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ।
खुद्रा सामान बेच्ने पसलहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई “चिसो भाव” प्रकट हुने बताएका थिए।जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ।
निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए । त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने कारण रहेको देखाइएको थियो।



लाेकपाटी न्यूज

