जनकपुरधाम, १९ कात्तिक। प्रदेश नम्बर २ को मूख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षण सेवाबाट मुक्त गरिएपछि आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आफ्ना मागको सुनुवाइका लागि आज मूख्यमन्त्री कार्यालयमा नै तालाबन्दी गर्ने योजना बनाएका थिए।
मूख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कुनै पनि कर्मचारीलाई भित्र प्रवेश गर्न नदिने गरी तालाबन्दी गर्न गएका उनीहरुलाई प्रहरीले कार्यालय परिसारबाटै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसमेत रहेका छन्। पक्राउ परिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।



लाेकपाटी न्यूज

