महराको बयान सकियो, आइतबार थुनछेक बहस

krishna bahadur mahara
लाेकपाटी न्यूज

काठमाडौं, १५ कात्तिक। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामूख कृष्ण बहादुर महराको अदालती आज बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध हिजो अभियोग पत्र दायर गरेकोमा आज बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइएको हो। बन्द इजलाशमा बयान लिइएकाले बयानको विषय भने सार्वजनिक गरिएको छैन।

महराको पक्षका कानून व्यवसायीले भने आफूमाथि लागका आरोपबारे महराले अदालतमा इन्कारी बयान दिएका छन्। आज बयान लिने काम सकिएपनि थुनछेक बहस भने आइतबार मात्रै हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः थुनामै पठाइएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्