यस्तो छ प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था (अपडेट)

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, १४ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गरेका छन्।

उनीहरुले प्रेस नोटमार्फत प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन्। साथै आजै डिस्चार्ज गर्ने तयारी रहेको जानकारी समेत गराएको छ।

ओली बुधबार अस्पताल भर्ना भएका थिए। उनको दुई पटक डायलासिस गरिएको छ। फेरि डायलासिस गर्नुपर्ने नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले बताए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्