साढे पाँच लाखसहित १३ जुवाडे पक्राउ

लाेकपाटी न्यूज

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकमसहित पक्राउ गरेको छ ।

रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमूख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनले ती १३ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्