बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे पक्राउ

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, ६ कात्तिक। नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार उक्त परिमाणकाे नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले जानकारी दिए ।

प्रहरीले गुरुङको कोठाबाट ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरेको छ । बरामद साे मदिरा नष्ट गरिएको डीएसपी लम्सालले बताए ।

गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेका पेशेवर जुवाडे हुन् । पक्राउ परे पनि उनले स्थान परिवर्तन गराउँदै जुवा खेलाउने गरेको प्रहरीकाे भनाइ छ । नियन्त्रणमा रहेका अन्य जुवाडेहरूको परिचय नखुलाएको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्