काठमाडौं, ३ कात्तिक । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
एक किलो नक्कली सुन ५० लाखमा बिक्री गर्न लागेको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो कपनको निलो पुल नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २ घर भइ काठमाडौंको कपन बस्ने ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णुबहादुर राउत, ३१ वर्षीय नवराज राउत, ललितपुर सानागाँउ बस्ने सोही ठाउँकै २३ वर्षीय किरण लामा र कपनमै बस्ने रामेछाप दोरम्वा गाउँपालिका २ का ३१को रोशन बुढा मगर रहेका छन्। काठमाडौं प्रहरी परिसरमै राखेर उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको छ।



लाेकपाटी न्यूज

