जनकपुर, १ कात्तिक । विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका सांसद प्रमोदकुमार शाह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन्।
चार दिनको समय सकिएसँगै शुक्रवार अदालत पेश गरिएका साहको थुनछेक वहसपछि न्यायाधीश अर्यालको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो। शाहविरुद्ध जनकपुर विमानस्थलले विमानस्थलमा तोडफोड गरेको आरोपमा प्रहरीमा उजुरी गरेको थियो ।
सोमबार विमान उडानमा ढिलाइ भएको भन्दै शाहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए। मंगलवार साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



लाेकपाटी न्यूज

