जीवन थापा ‘क्षितिज’ अभिनित ‘दुईटा मुटु’ सार्वजनिक (भिडियाे)

लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक। युवा लेखक तथा अभिनेता जीवन थापा ’क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कृष्ण भक्त राईको ‘दुईटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो।

गीतमा स्वयम् राईकै सङ्गीत रहेको छ भने शिर कुमार सम्पाङ्ले भिडियाेकाे सम्पादन गरेका छन् । गीतकार राज वान्तवाको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन, देवाहाङ्ग राईले अभिनय गरेका छन् ।

सुखकला राईको शब्द रहेको गीत उनकै युटुव च्यानलबाट सार्वजनिक भएको हाे। उक्त भिडियो सुनसरी जिल्लाको धरान सेरोफेरोमा छायांकन गरिएको निर्देशक राज बान्तवाले बताएका छन् ।

भिडियाेः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्