सर्लाही, ३० असाजे। सर्लाहीको बरहथवा नगरपालिका १८ श्रीपुरमा विवाह मण्डप निर्माण गरिएको छ। विशेष गरी विपन्न परिवारलाई उनीहरुको सन्ततिको विवाह गराउन सहज होस भन्ने उद्देश्यले विवाह मण्डप निर्माण गरिएको हो।
प्रदेश सरकारको २५ लाख रुपियाँ लागतमा निर्माण गरिएको विवाह मण्डलको सर्लाही क्षेत्र नम्वर ३ (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले उद्घाटन गरे्।
स्थानीय गुठीको जग्गामा निर्मित विवाह मण्डपको उद्घाटन गर्दै प्रदेश सभा सदस्य यादवले रहर हुँदाहुँदै सीमित स्रोत साधन र ठाउँको अभावमा उल्लासपूर्ण किसिमले विवाह गर्न नपाएका विपन्न परिवारलाई विवाह मण्डप निर्माण भएपछि इच्छा पूरा हुने विश्वास व्यक्त गरे्।
उनले मण्डपको सही सदुपयोग र संरक्षणमा लाग्न स्थानीयवासीसँग आग्रह समेत गरे्। यसअघि, प्रदेश सरकारको सहयोगमा भर्खरै मात्र जिल्लाको ईश्वरपुर नगरपालिका १५, सोकनाहमा विवाह मण्डप निर्माण गरिएको थियो।
त्यहाँ पनि २५ लाख रुपियाँ लागतमै निर्माण भएको विवाह मण्डपको यही असोज १८ गते प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्घाटन गरेका थिए।



लाेकपाटी न्यूज
