काठमाडौं, ३० असोज। नेपाल प्रहरीले दाङबाट पक्राउ गरेका नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको नाम सार्वजनिक गरेको छ।
प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाको नाम सार्वजनिक गरेको हो। ५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले विप्लव नेकपाको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो।
त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द सहितका नेताहरु छन्।
राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर -सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन्।
त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन्।



लाेकपाटी न्यूज

