काठमाडौं, २९ असोज। पूर्वेली लोक गायिका इनुमा राई र गायक चन्द्र वानु राईको स्वरमा मिक्लाजुङ डाँडा पुर्वेली लोक गीत सार्वजनिक भएको छ । राज ईन्टरटेन्डमेन्ट युटुव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
उक्त गीतमा शब्द संगीत स्वयम् गायिका इनुमा राईको रहेको छ भने कोरियोग्राफी रोशन वान्तवा राईले गरेका छन् । भिडियोमा कलाकार उमेश, नारायण र शिखाको अभिनय देख्न सकिन्छ ।
गायिका इनुमा राईले निर्देशन गरेको उक्त गीतको भिडियो छायांकन गीतकार तथा निर्देशक राज वान्तवाले गरेका छन् भने शिर कुमार राईले सम्पादन गरेका हुन् ।
भिडियाे हेर्नुस्ः



लाेकपाटी न्यूज

