नुवाकाेटमा बसकाे ठक्करबाट बालककाे मृत्यु, स्थिति तनावग्रस्त

लाेकपाटी न्यूज

नुवाकोट, २९ असाेज। नुवाकाेटकाे बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजारकाे स्थिति तनावग्रस्त बनेको छ।

त्रिशुलीबाट काठमाडौं गइरहेको बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातको बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको हो । बस तीव्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् । मृतक बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ । बालकको मृत्युपछि बट्टार बजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्