जनप्रतिनिधिले ड्युटीमा रहेका प्रहरीलाई कुटेपछि…

jhadap-kutakut
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

स्याङ्जा, २४ असोज। स्याङ्जामा जनप्रतिनिधिले प्रहरीलाई कुटपिट गरेका छन्।स्याङ्जाको भीरकोटमा जनप्रतिनिधिले प्रहरीलाई कुटपिट गरेका हुन्।

भीरकोट नगरपालिका १ का वडा सदस्य पूर्णबहादुर केसी (दार्सिङ् कान्छा) ले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको स्याङ्जाका प्रमूख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए। मादक पदार्थ सेवन गरेका केसीले बुधबार राति मोटरसाइकलको हेल्मेटले प्रहार गर्दा प्रहरीको मोबाइल फोन (रेडियो सेट) समेत फुटेको उनले बताए। केसीलाई पक्राउ गरिएको प्रमूख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।

जिल्ला अदालत बन्द भएका कारण उनलाई जिल्ला प्रशासन कार्यालयमा बिहीबार सार्वजानिक मुद्दामा म्याद थप गरिएको प्रहरीले बताएको छ। दहथुम प्रहरी चौकीको टोली बुधबार राति ९ बजे बजार गस्ती गर्ने क्रममा सडक छेउछाउमा पार्किङ गरेका सवारी साधानलाई राम्रोसँग राख्न र आफूहरु पनि सचेत रहन स्थानीयलाई सूचना गरेको थियो ।

सोहीक्रममा एक मोटरसाइकल चालकलाई स्थानीय सुरेश खाँडले हातपात गरे। प्रहरीले उनीहरुलाई छुटाउने क्रममा जनप्रतिनिधि रहेका केसीले प्रहरीमाथि नै हातपात गरेका थिए। केसीसहित प्रहरीले सँगै रहेका ईश्वर खड्कालाई पनि पक्राउ गरेको छ। कुटपिटमा संलग्नको आरोप लागेका सुरेश खाँड भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्