कैलाली, १३ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ ।
बडिमालिका नगरपालिका–९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो ।
सोही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका–२ का हिक्मत बुढा, सोही ठाउँका धिरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका–४ का जगत भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नगद ३० हजार ७७० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमूख प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले जानकारी दिए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान शुरु गरिएको उनले बताए ।



लाेकपाटी न्यूज

