काठमाडौं, १० असोज। नेपाली कम्पनी औषधिमा पूर्ण निर्भर हुँदैछ। विभिन्न किसिमका औषधि नेपालमा उत्पादन हुँदै आएका छन्। करिव ५५ नेपाली कम्पनीका औषधि नेपालमा उत्पादित छन् भने करिव ३५ भन्दा बढी नयाँ कम्पनी दर्ता भइसकेका छन्।
यसरी नेपाली समाजमा नेपालकै औषधि उत्पादन हुनु एक स्वाभिमानी नेपालीको नाताले गर्वकै बिषय हो। तर, औषधि उत्पादन गर्दा गुणस्तरीयतामा ध्यान नदिनु यसको दुःखद् पक्ष हो।
औषधि उत्पादनमा गुणस्तरीय Raw materials नराख्नु, नाफामुखी सोच मात्र हुनु, मूल्य अनुसारको औषधिको तौल नहुनु, बिरामीको विश्वास नजित्नु आदि, अहिले नेपाली औषधि बजारमा देखिएको चुनौती हो।
बेला-बेलामा नेपाली औषधिमा देखा परेका कमिसनको चलखेल, गुणस्तर पास नगरी औषधि उत्पादन हुनु, नेपाली औषधि नेपाली जनतालाइ महङ्गो हुनु जसले औषधि क्षेत्रको भद्रगोलताको पुष्टि गर्दछ। नेपाल सरकार यस्ता कम्पनीलाई अनुगमन नगरी के गरिरहेको छ ? अनुगमन गरे पनि नामको मात्र अनुगमन गरेको बुझिन्छ। बिरामीहरुमा भारतिय औषधि भन्दा नेपाली औषधिमा बिश्वास हुनुपर्ने हो तर यसो किन भएको छैन ? नेपाल औषधि उत्पादक संघ (एपोन)ले सोच्ने बिषय यहि हो जस्तो लाग्छ।नेपाल सरकारले जस्तो कम्पनीलाई पनि किन WHO-GMP को लाइसेन्स प्रदान गरिरहेको छ ? के गुणस्तरीयता मापन गर्न पर्दैन?
यहि हो त सरकारको काम ? अहिलेका बाहलवाला स्वास्थ्य मन्त्री, उद्योग मन्त्रीले यस क्षेत्रमा हुने कमिसनको चलखेल, Price control गर्न पर्ने product को control आदि सबै विषयमा ज्ञानबुझ गरि आवश्यक आफ्नो कदम चाल्ने हो कि ? नेपाली जनताले अहिले महङ्गोमा खरिद गरिरहेको औषधि सस्तो मुल्यमा पाइने बुझिएको छ। किन सरकार यस्तो कुरामा सचेत भइरहेको छैन ?
– सुरेश बास्तोला, भरतपुर – १३



लाेकपाटी न्यूज

