कृषि विकास बैंक ह्याकिङ प्रकरण : स्याङ्जाबाट ठेकेदार भुसाल पक्राउ

लाेकपाटी न्यूज

काठमाडौं, ९ असाेज। कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप १ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार मध्याह्न स्थानीय रामकृष्ण भुसाललाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक सहकूल थापाले स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेको पुष्टि गरे । एसएसपी थापाका अनुसार कृषि विकास बैंकबाट ह्याक भएकोमध्ये भुसालको खातामा ६५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको देखिएको थियो ।

प्रहरीले ह्याक भएको रकम ट्रान्सफर भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरेको हो । पक्राउ परेका भुसाल स्याङ्जाका निर्माण व्यवसायी (ठेकेदार) हुन् । उनले प्रतीक्षा निर्माण सेवा नामक निर्माण कम्पनी दर्ता गरेकाे जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्