काठमाडौं, ९ असोज। अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ। महोत्तरी जिल्ला बर्दिबासका ५८ वर्षीय विष्णु प्रसाद सापकोटाको मृत्यु भएको हो।
हिजो बिहान मर्निङ वाकमा रहेका सापकोटाको बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको स्थानीय एनआरएन अभियन्ता पुरूषोत्तम बोहोराले जानकारी दिए।
मृतक सापकोटाको पार्थिव शरीर स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि लगिएको बोहोराले बताए।बोहोराका अनुसार उनका छोरी-ज्वाइँको सल्लाहअनुसार मृतकको अन्त्येष्टीका बारेमा निर्णय गरिने छ।



लाेकपाटी न्यूज
